Nepal Times
Nepal Times
3
Shares

सीमानाका बन्दका कारण हजारौँले भोगिरहेको समस्याप्रति एम्नेस्टिद्वारा सरकारको ध्यानाकर्षण

सीमानाका बन्दका कारण हजारौँले भोगिरहेको समस्याप्रति एम्नेस्टिद्वारा सरकारको ध्यानाकर्षण

२१ चैत, काठमाडौं । एम्नेस्टी इन्टरनेशनल नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले गम्भीर असर भोगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

एम्नेष्टीले जारी गरेको प्रेस विज्ञप्तिमा आप्रवासी श्रमिकहरू आफूले काम गरिरहेको देशमा अपलत्र परिरहेका र नेपालमा गरिबीको अवस्थामा रहेका जनताले आफ्ना आधारभूत आवश्यकता परिपूर्ति गर्न सङ्घर्ष गरिरहेको उल्लेख छ ।

एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक नीराजन थपलियाका अनुसार सीमान्तकृत समुदाय र माहामारीको अवस्थामा विशेष जोखिममा रहेकाको अधिकारअनुकूल हुनुपर्ने र यसका अतिरिक्त सरकारले स्वास्थ्य र जीवनयापनको जोखिममा रहेकाको संरक्षणका लागि उपयुक्त उपाय अवलम्वन गर्नुपर्ने उल्लेख छ ।

कतार र मलेशिया तथा छिमेकी भारतलगायतका देशमा पनि अहिले हप्तौँ लामो लकडाउन र अन्य सार्वजनिक स्वास्थ्यजन्य उपाय लागू गरिएकाले धेरै आप्रवासी श्रमिकले आफ्नो रोजगारी गुमाएर बेतलवी बिदामा बस्न बाध्य भएको अवस्थामा स्वास्थ्य सेवा, खाद्यान्न, आवासलगायतका आधारभूत आवश्यकतामा पर्याप्त पहुँच पुर्‍याउनुपर्ने उल्लेख छ ।

काम गर्न नसकेमा वा बिरामी परेमा वा यी देशमा क्वारेन्टाइनमा रहनुपरेमा उनीहरूले सामाजिक सुरक्षा संरक्षण र अन्य वित्तीय सहायतामा पहुँच प्राप्त गर्नुपर्ने उल्लेख छ ।

लकडाउनले दैनिक ज्यालादारी गर्ने श्रमिक, शरणार्थी र अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेकालगायत विभिन्न समूहलाई पनि असमानुपातिकरूपमा असर पारेको एम्नेष्टीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.