Nepal Times
Nepal Times
3
Shares

सीमा विवाद सुल्झाउन सीमा निरीक्षण समिति गठन गर्ने सरकारको निर्णय

सीमा विवाद सुल्झाउन सीमा निरीक्षण समिति गठन गर्ने सरकारको निर्णय

५ मंसिर, काठमाडौं ।
सरकारले नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण समिति गठन गर्ने भएको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सीमा विवाद सुल्झाउन समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

भारतले नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, कालपानी, लिपुलेकलाई समेटेपछि नेपालमा त्यसको विरोध भइरहेको छ भने कतिपयले चीनसँगको सीमा विवादलाई पनि सँगै टुङ्ग्याउनु पर्ने बताउँदै आएका छन् ।

सरकारले दुबै देशसँगको सीमा विवाद सुल्झाउन सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.