Nepal Times
Nepal Times
3
Shares

सीमा समस्या हल गर्न परिणाममुखी पहल गर्न सरकारलाई कांग्रेसको आग्रह

सीमा समस्या हल गर्न परिणाममुखी पहल गर्न सरकारलाई कांग्रेसको आग्रह

२६ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतसँगको सीमा समस्या समाधानकालागि परिणामुखी पहल गर्न पनि सरकारलाई दवाव दिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय एकता निर्माण भएको यो सवालमा भारतसँगको सीमा समस्या समाधानकालागि परिणाममुखि पहल गर्ने काम सरकारको रहेको बताएका हुन् ।

डडेलधुरामा अनसन बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको समाचार आईरहेका बेला गरिएको पत्रकार सम्मेलनमा शर्माले तत्काल केसीसँग वार्ता गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

उनले मापदण्ड भन्दा बढि शुल्क लिने मेडिकल कलेजहरुलाई कार्वाही गर्न र पीडित विद्यार्थीहरुको माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए । डा. केसीले भने मंगलबार अपरान्ह अनसन स्थगित गरीसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.