Nepal Times
Nepal Times
3
Shares

सीमा सिल तर आउजाउ खुल्लै

सीमा सिल तर आउजाउ खुल्लै

जनकपुर/सप्तरी:  ८० किलोमिटर परको भारतीय सहर दरभंगाबाट भाइटीका लगाउन सुबोध कर्ण गत सोमबार बिहानै धनुषाको जटही नाका आइपुगे । ह्वाट्सएपमा भएको सल्लाहअनुसार उनलाई लिन ज्वाइँ प्रमोद लाल मोटरसाइकलमा नाका नै पुगे ।

सानो झोला बोकेका सुबोधलाई नाकामा दुवैतर्फका सुरक्षाकर्मीले हैरान पार्लान् भन्ने पीर थियो तर त्यस्तो केही भएन । दशगजा पारि उभिएका एसएसबीले सोधपुछसम्म गरेनन् । वारिका सशस्त्र प्रहरीले त प्रमोदको मोटरसाइकल जान दिन ब्यारिकेड नै हटाए ।

सुबोध र प्रमोद दुवै छक्क परे । सीमानाका छिर्न ठूलै संघर्ष गर्नुपर्ला भन्ने उनीहरूलाई लागेको थियो । बहिनीसित टीका थापेर मंगलबार बिहान सुबोध फेरि दरभंगा फर्किए । आउँदाजस्तै ज्वाइँ प्रमोदले उनलाई मोटरसाइकलमा जटहीसम्म पिकअप गरिदिए । पारि गएर उनले बस चढे । आउँदा सहज भए पनि फर्कंदा भने नाकामा केही असजिलो होला कि जस्तो लागेको थियो । ‘धेरै केरकार गर्‍यो भने फर्किनुपर्ला भन्ने सोचेर सीमासम्म आएँ,’ सुबोधले ज्वाइँ प्रमोदलाई सुनाएका थिए, ‘गाडी मात्र नचल्दो रहेछ । अरू सबै सहज नै देखियो ।’

शनिबार अपराह्न छोरासहित जटही नाका पुगेकी नगराइन–५ की रामसेविका देवीलाई पारिको बजार पिप्रोनसम्म पुग्नु थियो । भारतमा विवाह भएकी छोरी र ज्वाइँ उनलाई भेट्न पिप्रोन बजार आइपुगेका थिए । दुई किलोमिटरको दूरीमा रहेको नाकासम्म उनी पैदलै आइपुगिन् । दशगजानजिक पुगेर अलमलमा परिन् । जमुनिया नदीको पुल निर्माणाधीन थियो । रामसेविकाले सोचिन्– यही पुल नबनेर गाडी नचलेको होला । ‘पुल नै भाँचिएको छ अनि कसरी गाडी चल्छ,’ छोरालाई उनले सुनाउँदै थिइन्, ‘यहाँबाट पनि पैदलै पिप्रोन पुग्नुपर्ला ।’

कोरोना भाइरस संक्रमणको महामारी विश्वव्यापी फैलिएपछि नेपाल सरकारले गत चैत ८ मा भारतसँग जोडिएका सबै सीमानाका सिल गर्‍यो । भारतले पनि लकडाउन गर्‍यो । भारतसँग जोडिएको सीमानाकामा सशस्त्र प्रहरीको निगरानी र गस्ती बढाइयो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा थप मद्दतका लागि फरवार्ड बेस नै दशगजामा स्थापना गरियो । नेपाल र भारत दुवै देशमा कोरोना भाइरसको संक्रमण उच्च रहे पनि यतिबेला लकडाउन हटाइएको छ । तर सीमा सिल खोलिएको छैन ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.