Nepal Times
Nepal Times
3
Shares

सुठौली भन्सार नाकामा लक्ष्यभन्दा बढी राजश्व संकलन

सुठौली भन्सार नाकामा लक्ष्यभन्दा बढी राजश्व संकलन

६ असार, कपिलवस्तु ।

कपिलवस्तुको दोस्रो ठूलो नाका सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७÷२०७८ मा तय गरेको लक्ष्यभन्दा १ सय ७८ प्रतिशत बढी राजश्व असुली गरेको छ ।

चालु आर्थिक वर्ष लक्ष्य २०७७÷०७८ लक्ष्य ७८ कारोड १६ लाख७४ रहेको थियो । २०७८ जेठ महिनासम्म १ अर्ब ३९ करोड ७० लाख ५२ हजार राजश्व संकलन भईसकेको छ ।

लक्ष्यको जेठ महिनासम्ममा १ सय ७८ प्रतिशत राजश्व संकलन भएको सुठौली भन्सार कार्यालयका प्रमुख रामेश खड्काले बताए ।

सुठौली नाका स्तरोन्नती भएको २५ महिनापछि सुठौलीमा अहिले राजश्व सकंलन राम्रो भएको उनले बताए । कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्ने भन्सार अहिले बिस्तारै प्रगाति गर्दै गएको खड्काले बताए ।

पैठारी मालबस्तुको आयातमा बृद्धि भएको कारण राजश्व पनि बृद्धि भएको कार्यालयले बताएको छ । सुठौली नाकाबाट धान ,चामाल , गौँ, मार्बल , टायल , कपडाहरुमा पनि पैठारी जन्य बृद्धि भएको राजश्व बृद्धि भएको खड्काले बताए ।

तर अहिले भने सदरमुकाम तौलिहवा जोडिएको सो नाकाबाट थप सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट र मेसिनरी सामाग्री आयात हुन थालेको छ ।

भन्सार स्तरोन्नतीको निर्णय कार्यान्वयनमा आए सँगै कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधारसँगै सीमा क्षेत्रमा भन्सार स्थापनाका लागि जग्गा प्राप्ति र भारतीय नम्बर प्लेटका सवारी साधनमा कडाई सुरु गरिएको खड्काले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.