Nepal Times
Nepal Times
3
Shares

स्काभेटरले लडाएको बिजुलीको पोलले लागेर घरमा बसेकी महिलाको मृत्यु

स्काभेटरले लडाएको बिजुलीको पोलले लागेर घरमा बसेकी महिलाको मृत्यु

९ वैशाख, सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल लडेर लागी मृत्यु भएको छ ।

बुधबार बेलुका पौने ५ बजे बबियामा को १ क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते थिइन् । घाइते खत्वेको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.