Nepal Times
Nepal Times
3
Shares

स्थानीय तहको उप निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न

स्थानीय तहको उप निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न

२७ कात्तिक, काठमाडौँ ।

मङ्सीर १४ मा हुन लागेको उपनिर्वाचनको स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार सम्पन्न भएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका अनुसार बुधबार स्थानीय निकायमा रित्त रहेका विभिन्न पदमा मनोनयन दर्ता भएको हो ।

उपनिर्वाचन अन्तरगत चारवटा स्थानीय तहको प्रमुख, एउटा स्थानीय तहको उपप्रमुख तथा ४२ वटा बडामा अध्यक्षको लागि निर्वाचनका लागि मनोनयन दर्ता भएको हो ।

बुधवार पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष, सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, शंखुवासभाको मकालु गाँउपालिकाको अध्यक्ष, महोत्तरीको पिपरा गाँउपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाँउपालिकाको उपाध्यक्ष पदमा निर्वाचनको लागि उम्मेदबारी दर्ता भएको छ । त्यस्तै विभिन्न जिल्लाका ४२ वटा वडा अध्यक्षको पदमा उम्मेदवारी दर्ता भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.