Nepal Times
Nepal Times
3
Shares

स्पेनिस ला लिगामा रियल मड्रिडको सानदार जित

स्पेनिस ला लिगामा रियल मड्रिडको सानदार जित

३१ बैशाख, काठमाडौं । उपाधि होडमा रहेको रियल मड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

ग्रानडालाई उसकै मैदानमा ४–१ गोल अन्तरले हराउँदै रियल मड्रिडले सानदार जित दर्ता गरेको हो ।

रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले एक एक गोल गरे ।

जितपछि रियलले शीर्षस्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी छोट्याएको छ ।

रियल मड्रिडको ३६ खेलबाट ७८ अंक छ भने शीर्षस्थानको एट्लेटिको मड्रिडको समान खेलबाट ८० अंक छ ।

तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.