Nepal Times
Nepal Times
3
Shares

हाम्रो टिमले निःशुल्क खानासँगै अब रोजगारी पनि दिने

हाम्रो टिमले निःशुल्क खानासँगै अब रोजगारी पनि दिने

३० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा निशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ । हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्ममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए ।

अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए ।

अब भने कोठापनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनैठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको उनले बताए । अहिले हाम्रो टिम नेपालमा खाना खान आउने मध्येका करिब ७०/८० जनालाई कृषि फार्ममा लगाउने पनि पन्तले बताए ।

हाम्रो टिम नेपालले मंगलबार काठमाडौंमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.