Nepal Times
Nepal Times
3
Shares

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

११ कात्तिक, काठमाडाैँ ।

हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको पोजिटिभ रिपोर्ट सोमबार आएको हो ।

कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् । उनले बिहीबारपछि टाउको दुखेकाे, शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखिएकाे र शनिबार ढाड दुखेपछि पीसीआरका लागि स्वाब दिएकाे बताएका छन् ।

‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् । उनले नआत्तिन र चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बस्न भनेका छन्। उनले आफू जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितको सुझाव अनुसार उपचार गराइरहेको बताएका छन् ।

कलाकार गजुरेलले कोरोना भन्दा आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा बलियो भएको भन्दै कोरोना जित्ने बताएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.