Nepal Times
Nepal Times
3
Shares

२४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्‍यु

२४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्‍यु

१५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.