Nepal Times
Nepal Times
3
Shares

२४ घण्टामा ९६१ काेराेना संक्रमित डिस्चार्ज

२४ घण्टामा ९६१ काेराेना संक्रमित डिस्चार्ज

१५ असाेज, काठमाडाैँ ।

नेपालमा आज ९ सय ६१ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ५ हजार १ सय २४, प्रदेश नम्बर २ मा १३ हजार ८ सय ९८, बागमती प्रदेशमा १६ हजार ९० र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ९ सय ११, कर्णाली प्रदेशमा २ हजार ९ सय ६८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार १९ जना गरी आजसम्म ५७ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन ।

कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको हाे।  आज देशभरी १ हजार ९ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएकोमा ६ सय २८ र पुरुष १ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय, प्रदेश नम्बर २ मा ५ सय ८३, बागमती प्रदेशमा ६ हजार ६ सय ४७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ८१, कर्णाली प्रदेशमा २ सय ६५ र सुदुरपश्चिम प्रदेशमा १ सय ६१ गरी देशभरी ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.