Nepal Times
Nepal Times
3
Shares

३५ प्रतिशत किसानले रोप्न छाडे उखु

३५ प्रतिशत किसानले रोप्न छाडे उखु

२३ फागुन, काठमाडौँ । चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने, आफ्नै उखुको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने जस्ता बाध्यताका कारण किसानहरूले उखुखेतीको विकल्प खोज्न थालेका छन् । चालू वर्षमा मात्रै ३५ प्रतिशतभन्दा बढी किसानले उखुखेती गर्न छाडेका छन् ।

नेपाल उखु उत्पादक संघका अनुसार नेपालमा अघिल्लो वर्ष व्यावसायिक उखुखेती गर्ने किसानको संख्या १ लाख थियो । उक्त संख्या यस वर्ष ३५ हजारभन्दा बढीले घटेको संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उखुखेती गर्ने जमीनमा अहिले किसानहरूले धान, तोरी, मकै, आलुलगायत अन्य खेती शुरू गरेको उनको भनाइ छ ।

‘३५ हजारभन्दा बढीले उखुखेतीको विकल्प खोजिसके, अरू पनि घट्ने क्रममा छन्,’ उनले भने, ‘खेती गरिरहेकाले पनि आधा उत्पादन घटाएका छन्,’ उनले भने ।

आयातित चिनीका कारण आफ्नो चिनी नबिकेको भन्दै उद्योगीले उखुको भुक्तानी नगरेको उनले बताए । ‘विदेशी चिनीका कारण स्वदेशी चिनी बिकेन भनेर भुक्तानी नै पाएनौं,’ उनले भने, ‘भुक्तानी नै नपाएपछि उखुखेती गरेरै बस्न सकिने अवस्था रहेन ।’

नेपालमा ३ लाख ८० हजार मेट्रिक टन चिनीको माग रहेको छ । उखु किसानले भुक्तानी नपाएकै कारण अहिले १ लाख २० हजारसम्म चिनी उत्पादन गर्न सक्ने गरी उखुखेती भइरहेको उनको भनाइ छ । यद्यपि, आन्दोलनपछि किसानहरूले उखुको बक्यौता रकम भने पाइसकेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.