Nepal Times
Nepal Times
3
Shares

३ दिनका लागि बन्द भए बैंकहरु

३ दिनका लागि बन्द भए बैंकहरु

२९ कात्तिक, काठमाडौं । आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् ।

 

तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ ।  गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका थिए । तर, यस वर्ष कोरोना महामारीले गर्दा बैंक तथा वित्तीय संस्थाले सेवा बन्द गरेका हुन् । सीमित शाखा खोलेर बैं‌किङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन भइरहने संघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.