×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

२५ आश्विन २०८२

२५ असोज , काठमाण्डौ ।

भदौ २३ र २४ को जेनजी क्रान्ति पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले अब वास्तविक जेनजीका अभियान्ताको पतिनिधित्वसहित जेनजी सरकारका रुपमा पूर्णता पाउने भएको छ ।

जेनजी आन्दोलनपछि सरकार बनेपनि जेनजीको प्रतिनिधित्व नभएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी अघि बढाएकी छिन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेको दाबी गरिएको छ ।

स्रोतका अनुशार श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

चर्चामा आएका मन्त्रीका नाममा रहेका श्रेष्ठ देशका सम्पदाहरू जोगाउनुपर्ने तर्क अघि राख्दै हिँडेका अभियान्ता हुन् । उनी भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज उठाउँदै आएका थिए ।

त्यस्तैले कोभिडकालमा निःशुल्क खाना अभियान चलाउनुका साथै कपडा बैंक स्थापना गरेका थिए । अहिले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० जना विद्यार्थी पढाइरहेका उनी बिरामीका लागि रगत खोज्ने सारथि समेत हुन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएका रामजी रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर बनेका व्यक्ति हुन् । एमबीबीएस चौथो वर्षमा पुग्दा समेत कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको थियो ।

हैरानी र सास्ती खेप्दै डाक्टर बनेका रामलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । टासी भने जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्ने गर्छिन् । टासीले भारतस्थित दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नाताक तह अध्ययन गरेकी छन्।

त्यस्तै, जेनजी आन्दोलनमा भाग लिएका अन्य युवाहरूलाई पनि समेट्ने तयारीमा प्रधानमन्त्री रहेकी छन् । बिहीबार मात्रै जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्रीले जेनजी क्रान्तिलाई सबैले स्वीकार्न, दलहरुलाई सुध्रिन, जेनजीका मागहरु सम्बोधन गर्न र उनीहरुको अर्थपूर्ण सहभागिता गराउन नयाँ संयन्त्र निर्माण गर्ने घोषणा गरेकी छन् ।

बिहीबार मात्रै जेनजी शहीद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका थिए । बिहीबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरूरी भएको बताए।

जेनजी शहीद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयका लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ ।

समितिले माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको अवस्थामा प्रधानमन्त्रीले मन्पिरिषद्मा जेनजीका प्रतिनिधि समेट्ने तयारी गरेकी हुन् ।

तर शहीद परिवारले सिफारिस गरेका नाम भने सुशीलाले मन्त्री बनाउने भनिएको सूचीमा रहेका छैनन् । गत २३ र २४ भदौमा भएको आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्की छिन् ।

उनी २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । त्यसपछि उनले दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छिन् । अहिले उनीसहित ८ सदस्यीय मन्त्रिपरिषद् छ । असोज ६ गते मन्त्रिपरिषद् ८ सदस्यीय बनेको थियो ।

अहिले मन्त्रिपरिषद्मा अर्थ ,ऊर्जा र भौतिक पूर्वाधार शहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओम प्रकाश अर्याल रहेका छन् । यस्तै उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रीमा अनिलकुमार सिन्हा , शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन ,कृषिमन्त्रीमा मदन प्रसाद परियार र सञ्चारमन्त्रीमा जगदीश खरेल रहेका छन् ।

सुशीलाले ११ सदस्यीय सम्म मन्त्रिपरिषद् बनाउने बताउदै आएकी छन् । अब चार मन्त्री थप भए मन्त्रिपरिषद् १२ सदस्यीय बन्ने छ । अहिलेपनि प्रधानमन्त्रीको काँधमा ९ मन्त्रालयको जिम्मेवपारी रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top