Nepal Times
Nepal Times
3
Shares

४ वर्ष भित्र सवै जिल्लामा विद्युत पुर्याउने कुलमानको लक्ष्य

४ वर्ष भित्र सवै जिल्लामा विद्युत पुर्याउने कुलमानको लक्ष्य

१ भदौ, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतिकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले टार्गेट पूरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतिहरुको सामना गर्दे जाने विश्वास पनि व्यक्त गरे ।

उनले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतिकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहेपनि सबैको सहयोग र सहकार्यमा संभव गराउन सकिने विश्वास व्यक्त गरे ।

सरकारी लक्ष्य पूरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पारे । गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उनले चालु आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.