Nepal Times
Nepal Times
3
Shares

६७ विद्यालयमा आइसोलेसन निर्माण

६७ विद्यालयमा आइसोलेसन निर्माण

काठमाडाैं : क्वारेन्टाइनका रुपमा मात्र प्रयोग गरिएका विद्यालय भवनलाई आइसोलेसन बनाइएको छ । पछिल्लो समय कोभिड–१९ को बिरामी बढ्दै गएपछि देशभरका ६७ विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो ।

कोभिड–१९ को बिरामी बढी देखिएको प्रदेश ५ र कर्णाली प्रदेशका विद्यालयलाई आइसोलेसन बनाइएको हो । सात प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्यांक अनुसार प्रदेश–५ का ४९ र कर्णालीका १८ विद्यालयको कोठालाई आइसोलेसन निर्माण गरिएको हो ।

केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले असार पहिलो सातादेखि विद्यालयमा आइसोलेसन राखिएको जानकारी दिनुभयो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.