Nepal Times
Nepal Times
3
Shares

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

काठमाडौं : नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न थलेका छन् ।

यसैगरी, सबै सुरक्षा निकायले आफ्ना अंगका सुरक्षाकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासमेत बन्द गरेका छन् । बिदाबाट फर्केकाहरूलाई समेत सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ भने बिदाबाट फर्केका सुरक्षाकर्मीलाई धमाधम परीक्षणसमेत गराइएको छ ।

संक्रमणबाट बच्न प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरूले दिने गरेको डे, नाइट तथा घन्टे आउटजस्ता बिदासमेत कटौती गर्न निर्देशन दिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखलगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यकबाहेकका अवस्थामा ब्यारेक छाडेर बाहिर ननिस्कन र बिदा नबस्न भनेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरीतर्फ बुधबारसम्म २ सय ८५ जनामा संक्रमण पुिष्ट भइसकेको छ ।, यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.