२५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिँदा १५ सय ५२ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या १ लाख ७ हजार ७ सय ५५ पुग्दा ७५ हजार ८ सय ४ जना निको भएर घर फर्किएका छन् ।
आज देशभर सक्रिय संक्रमितहरुको संख्या ३१ हजार ३ सय १५ पुगेको छ ।