×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026

बाघबाट बाख्रा जोगाउन रातभर जाग्राम

२७ आश्विन २०७७

२७ आश्विन, कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा दिउँसै बाघले बाख्रा खान थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खान थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । तीन दिनको अवधिमै स्थानीयवासीले पालेका १० भन्दा बढी बाख्रा बाघले खाइसकेको छ । वन संरक्षणमा जोड दिइएपछि बाघ आउन थालेको हो ।

दुई दिनको अवधिमै बाघले स्थानीयवासी साइमले धामीका मात्रै छ वटा बाख्रा मारेर खाएको छ । “दुई बाख्रा वन क्षेत्रमा चराउन लगेको बेला बाघले खाइदियो”, उनले भने, “चारवटा बाख्रा खोरमै रहेका बेला खाइदिएको छ ।

बस्तीमै बाघ आउन थालेपछि बाख्रालगायत अन्य घरपालुवा जनावर जोगाउनका लागि रातभर जाग्राम बस्नुपरेको छ ।” गाउँ नजिकैको डाँडाबाटै बाघ गर्जेको आवाज दैनिक सुनिन थालेको छ ।

बाघको आवाज आउन थालेपछि गाउँका सबै जना घरघरबाट निस्केर बाख्रा जोगाउनका लागि होहल्ला गर्ने र आगो बालेर तर्साउने काममा लागेको धामीले बताए । उनले भने, “सावधानी अपनाउँदा अपनाउँदै पनि खोरबाटै बाख्रा लगेको पत्तो नै लाग्दैन, बाघले निकै तर्साएको छ ।”

“कहिल्यै पनि बाघ बस्ती र नजिकका वन क्षेत्रमा देखिएको थिएन”, रमेश धामीले भने, “तीन दिनदेखि दैनिक बाघ बस्तीमै पुग्न थालेपछि डरका कारण साँझ नहुँदै बालबालिकालाई घरभित्रै राख्नुपरेको छ ।”

मानवीय क्षति हुन नदिन र बाख्रालगायत घरपालुवा जनावर जोगाउन पालैपालो जाग्राम बसेर आगो बाली होहल्ला गरेर बस्नुपरेको स्थानीयवासी दुखेसो पोख्छन् । स्थानीयवासी दिउँसो वन क्षेत्रमा बाख्रा, गाई, गोरु चराउन जानसमेत बाघकै डरले बन्द गरेका छन् । दाउरा र मेलापात जाँदासमेत समूहमा जाने गरेको प्रितम धानुकले बताए ।

बाघकै डरले नदी तटीय क्षेत्र र खुला मैदानमा मात्रै समूहमा बाख्रालगायत जनावर चराउन जान थालेको उनले बताए । वन क्षेत्र विगतको तुलनामा हराभरा भएपछि बाघ आउन थालेको स्थानीयवासीको भनाइ छ । वन क्षेत्रमा बाघसँगै अन्य जनावरको आवागमनसमेत बढेको छ ।

बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा वन क्षेत्र संरक्षण भएपछि बाघ बस्तीसम्म पुग्दै आएको बताए । “वन क्षेत्रमा बाघ देखिएपछि सामुदायिक वनका उपभोक्तालाई समेत वन क्षेत्रमा नजानका लागि सचेत गराएका छौँ”, उनले भने, “अनियन्त्रितरूपमा वन क्षेत्रमा बाख्रा चराउने कार्यले जोखिम बढेको हो ।”

गत वर्षमात्रै सोही वन क्षेत्रमा बाघले एकै रात दुई दर्जन बढी गाईलाई मारेको थियो ।(रासस)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top