२७ असोज, काठमाडाैँ ।
लुम्बिनी प्रदेशका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार प्रदेश सभाका पदाधिकारीसहित सचिवालयमा कार्यरत ९५ जनाको स्वाब परीक्षण गरिएकोमा मंगलबार उपसभामुख कृष्णी थारुसहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
यसअघि सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि उनीहरूकाे स्वाब परीक्षण गरिएकाे हाे ।प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार १० जनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमण पुष्टी भएकाहरुमा प्रदेश सभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक र ७ जना सुरक्षाकर्मीसमेत रहेका छन् ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, लेखा समिति सभापति डिल्लीबहादुर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपानेमा पनि कोरोना संक्रमण देखिसकेकाे छ ।
गएको असोज १९ र २० गते प्रदेश सभा वैठक बसेको थियो । प्रदेश सभा वैठकमा नाराबाजी र कुर्सी तोडफोड समेत भएको थियो भने सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको थियो ।