×

NEPAL TIMES UPDATES

Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026
Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026
Playing
Top 15 Afternoon News || Mar-09-2026 || Nepal Times
Mar 09, 2026
Playing
मात्र ३ मिनेट कारोबार भएको सेयर बजारमा उथलपुथल, अलटाईम हाईको प्रक्षेपण || Nepal Times
Mar 09, 2026
Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026
Playing
पर्दा पछाडिका नायक मोज्तबा बने इरानका सर्वोच्च नेता|| Nepal Times
Mar 09, 2026
Playing
नेपालमा पहिलो पटक धारा ७६(१) बमोजिम सरकार बन्दै || Nepal Times
Mar 09, 2026

डेढ लाख खरका छाना विस्थापित गरिँदै

२८ आश्विन २०७७

काठमाडौँ : व्यवस्थित बसोबास कार्यक्रम अन्तर्गत सरकारले अहिले मुलुकभर खरका छाना हटाएर जस्तापाता लगाउने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गरिब र विपन्न वर्गलाई लक्षित गरी सहरी विकास मन्त्रालय अन्तर्गत ‘खरको छानामुक्त अभियान’ मुलुकभरि सञ्चालनमा ल्याइएको हो ।

सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले सरकारको कार्यक्रमबारे थप स्पष्ट पार्दै भन्नुुभयो, ‘‘प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता अनुरूप व्यवस्थित बसोबास कार्यक्रम अन्तर्गत अहिले मुलुकभर खरका छाना हटाएर जस्तापाताका छाना लगाउने कार्यक्रम सञ्चालन छ ।’’

‘‘चालू आर्थिक वर्षमा करिब एक लाख ५० हजार घर खरको छानामुक्त बनाउने लक्ष्यसहित अहिले मुलुकभर ‘खरका छानामुक्त अभियान’ सञ्चालनमा रहेको छ’’ उहाँले थप्नुभयो, “आगामी तीन आर्थिक वर्षभित्र मुलुकभर खरका छाना भएका घर हुने छैनन् ।”

“सबै सङ्घीय निर्वाचन क्षेत्र र त्यहाँ रहेका स्थानीय तहमा खरका छाना हटाउँदै जस्तापाताको छाना लगाउने कार्यक्रम अहिले सञ्चालनमा रहेका छन्”, उहाँले स्पष्ट पार्नुुभयो, “स्थानीय सरकारसँग समन्वय गर्दै खरका छाना हटाएर जस्तापाताका छाना लगाउने काम भइरहेको छ ।”

गत आर्थिक वर्ष (२०७६÷७७) यो कार्यक्रमदेखि नै यो अभियान सञ्चालनमा रहे पनि स्पष्ट कार्यविधिको अभावमा तीव्र हुन सकेको थिएन । अहिले स्पष्ट कार्यविधि बनाएर यस अभियान तीव्र बनाइएको छ । गत आर्थिक वर्षमा १८ हजार घरलाई खरका छानामुक्त बनाइएको मन्त्री नेम्वाङले जानकारी दिनुभयो ।

नेपालको संविधानमा आवासलाई नागरिकको नैसर्गिक अधिकारका रूपमा उल्लेख गरिएको छ । अहिले मुलुकका ७६ प्रतिशत घर असुरक्षित र अव्यवस्थित रहेको अनुमान गरिएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top