२८ असोज, काठमाडौँ ।
विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दर पनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन । त्यसैले कोरोना संक्रमणबाट बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ ।
मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्रीगर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासकालागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् । गुर्जो दैविककाल देखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताए ।
रगतमा हुने हेल्पर टिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थितगर्ने गुण गुर्जोमा हुने उनले बताए । गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेलर खान सकिन्छ । डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्क्रालाई थिचेर पानीमा उमालि छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एक चम्चा सम्मखान सकिन्छ ।
कोभिड १९ संक्रमणसँग लडनका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए । त्यसैले कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीनपटक सम्म खान सक्ने उनको भनाई छ । गुर्जो गर्भवति महिला र गम्भिर प्रकृतिका विरामीहरुले भने खान नहुने डा. कोइरालाले बताए । तर यो सबै उमेरकाले खान हुने पनि उनले बताए ।