×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

३० आश्विन २०७७

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्र्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशंैमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो ।

तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ । ‘मापदण्डअनुसार सबैलाई जानकारी भएको विषय हो, तर राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचना जारी गर्न बाँकी छ।’ –राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता हरिप्रसाद दहालले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार केही दिन बाँकी रहेकाले राष्ट्रपति कार्यालयले निर्णय गर्न बाँकी छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षको दशैंको अवसरमा आयोजना हुने चियापान र टीका कार्यक्रम स्थगित गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयका सचिव खगराज बरालले दशैंमा भीडभाड हुने सबै कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डले एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट गर्न बर्जित गरेपछि भीडभाड हुने टीकाको कार्यक्रम स्थगित भएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत टीकाको कार्यक्रम स्थगित भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । ‘यस्तो परिस्थितिमा यो वर्ष सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको छ।’ –उहाँले भन्नुभयो । स्वास्थ्य मन्त्रालयले मापदण्ड जारी गरेपछि देशभर सबै निकाय र विशिष्ट व्यक्तिले चाडवाडमा भिडभाड गर्ने किसिमको सबै कार्यक्रम स्थगित गर्नुपर्छ । तर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयले सूचना जारी गरेरै स्थगित गर्नुपर्ने हुन्छ ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित गर्नुभएको छ । स्रोतका अनुसार सर्वसाधारण मात्र नभई आफ्ना कर्मचारीलाई समेत टीकालगाइदिने कार्यक्रम बन्द भएको जनाइएको छ । दशैंको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।, याे समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top