३० असाेज, विराटनगर ।
प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट शुक्रबार थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई÷दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे हाे । कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङका दुई÷दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ ।