मोरङ, बैशाख २९ ःभारतीय स्कारपियोको ठक्करबाट मोरङमा १ जनाको ज्यान गएको छ ।
मोरङको रतुवामाई नगरपालिका–४ भद्रचौकमा शुक्रबार भारतीय स्कारपियोको ठक्करबाट साइकलमा सवार झापा, गौरीगंज गाउँपालिका–२ बस्ने २५ बर्षिया मनिका ताजपुरीयाको ज्यान गएको हो ।
उनलाई पश्चिमतर्फ आउँदै गरेको डब्लु बी ७४ क्यु ९१८० स्कारपिओ गाडीले साँझ ६ बजेतिर ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा उनकै ३ बर्षिय छोरा राहुल ताजपुरीया गम्भिर घाइते छन्। उनको झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ भने स्कारपियो र चालक इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा छन्।