२ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै हालसम्म संक्रमित हुनेहरुको कुल संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
आजै २ हजार ३ सय २६ जना डिस्चार्ज पनि भएका छन् ।
योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । आज ३९ हजार ३ सय ४१ जना सक्रिय संक्रमितहरु रहेका छन् ।