×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

तस्करी रोक्दा ज्यानै गयो

५ कार्तिक २०७७

धनगढी : केराउ तस्करीमा संलग्न व्यक्तिहरूले दुई प्रहरीको हत्या गरेको पाइएको छ। जुगेडा अस्थायी प्रहरी पोस्टका असइ गोविन्द विक र जवान रामबहादुर साउदको शनिबार राति हत्या भएको अनुसन्धानबाट खुलेको हो। असइ विकको शव आइतबार कैलालीको धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीमा भेटिएको थियो। जवान साउदको शव पनि नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमै मंगलबार बिहान भेटिएको हो।

‘चार डल्लबमा केराउ (मटर) आइरहेको सूचनाका आधारमा असइ विक र जवान साउद शनिबार राति ७ बजे खाना खाएर सिमानातिर लागे’, कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले भने, ‘उनीहरूले तस्करीको सामान साढे तीन घण्टा ढुकेको देखिन्छ।’

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार केराउ भरिएका चारवटा डल्लब नियन्त्रणमा लिई चौकी ल्याउने बेला फरुवा बोकेर आएकाहरूले आक्रमण गरेको खुलेको छ। ‘उक्त घटनामा फरुवासहितका घरेलु हतियार प्रयोग गरिएको छ’, ती अनुसन्धान अधिकृतले भने। असइ विकसँग रहेको हतियार मंगलबार घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ।

अहिले भियतनामबाट नेपाल आयात गरिएको केराउ भारततर्फ तस्करी हुने गरेको छ। भारतमा केराउ (मटर) किलोको मूल्य ७० भारु (नेरु ११२) पर्छ। नेपालमा उक्त केराउ ६५ रुपैयाँ किलोमा पाइन्छ। तेस्रो मुलुकबाट आयात गरिएको सामान निर्यात गर्न नपाउने नियमअनुसार प्रहरी सीमा क्षेत्रमा केराउ तस्करी रोक्न गएको थियो।

घटनास्थलमा प्रहरीको स्लिपिङ ब्याग पनि रूखको हाँगामा टाँगिएको फेला परेपछि प्रहरीले दुवै जना तस्करको पर्खाइमा रहेको अनुमान गरेको छ। प्रहरीले उक्त घटनामा पक्राउ परेका १३ जनामध्ये ७ जनालाई मंगलबार सार्वजनिक गरेको छ। ती अभियुक्तमा धनगढी–१० का ३१ वर्षका पर्कु भनिने रोहित राना, २० वर्षका राजेन्द्र राना, चोर भनिने ३० वर्षका सुरेश राना, गब्बर भनिने २५ वर्षका राजकुमार राना, २२ वर्षका राम निवास राना, २९ वर्षका टल्लु भनिने दलराम राना र २५ वर्षका गोपाल राना छन्।

उनीहरूकै बयानका आधारमा मंगलबार घटनास्थलनजिकै मोहना नदीबीच बालुवामा गाडिएको अवस्थामा जवान साउदको शव फेला परेको हो। एक अनुसन्धान अधिकृतका अनुसार घटनामा अरू पनि संलग्न देखिएका छन्। उनीहरूको खोजी भइरहेको उनले बताए।

जुगेडा क्षेत्र तस्करीको ‘ट्रान्जिट’का रूपमा देखिएको छ। सशस्त्र प्रहरीका एक जवान पनि दुई महिनाअघि सोही क्षेत्रमा मृत फेला परेका थिए। त्यहाँबाट तस्करी हुने थाहा पाए पनि वडा नम्बर १२ स्थित अस्थायी प्रहरी चौकीमा ७ जना मात्र जनशक्ति खटाइएको छ।

निडर थिए विक

असइ गोविन्द विकको परिवार कञ्चनपुरको पुनर्बास नगरपालिका–९ स्थित सुकुम्बासी बस्तीमा बस्छ। दाजु रमेश, भाइ नरेश, आमा कलावतीसहित परिवारका लागि गोविन्द मेरुदण्ड थिए। सानै उमेरदेखि इमानदार स्वभावका गोविन्द पढ्नमा अब्बल थिए। ६ वर्षको उमेरमा बुवा अमर विकको निधन भएपछि गोविन्दको काँधमा परिवारको जिम्मेवारी थियो। जेठो दाजुले पढाइ अगाडि बढाउन नसकेपछि गोविन्दले बीबीएसम्म अध्ययन गरेका थिए।

‘सुकुम्बासी बस्ती, कमाइ खाने जग्गा थिएन। आम्दानीको स्रोत भनेको भारतको दुधवा नेसनल पार्कको दाउरा मात्रै। आमाले दाउरा र त्यस दाउराको कोइला बेचेर उनलाई पढाएकी हुन्’, गोविन्दका मीतभाइ पर्ने सन्तोष भट्टले भने।

गोविन्दको घर भारतको दुधवा नेसनल पार्कसँग जोडिएको ऐलानी जग्गामा छ। भारतको सम्पुर्णानगरका व्यापारीलाई कोइला बेचेर आमाले उनलाई पढाएकी हुन्। कोइला इँटा भट्टामा प्रयोग हुने गर्छ। ‘सुकुम्बासी परिवारको युवा खुला प्रतिस्पर्धाबाट सीधै असइमा भर्ना भएका थिए’, भट्टले भने, ‘केराउले परिवारकै खुसी खोसेर लग्यो।’

गोविन्दले २०७४ सालमा असइमा नाम निकाले। चितवनमा तालिम सकाएका उनको पहिलो पोस्टिङ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भयो। सुर्खेतका तीन–चार प्रहरी चौकीमा काम गरेर उनी कैलाली आएका हुन। कैलालीको सशस्त्र प्रहरी गण मुख्यालयमा दरबन्दी रहेका उनलाई ‘एक्टिभ प्रहरी’ भएकाले जुगेडा खटाइएको थियो।

‘कसैसँग डराउन पनि डराउँथेन। निडर थियो। बिगार्ने पनि कसैको होइन। इमानदार भएकै कारण उसको ज्यान गयो’, भट्टले भने।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top