×

NEPAL TIMES UPDATES

Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026
Playing
बालेन, रवि र पार्टी बिचको सम्बन्ध || Nepal Times
Mar 19, 2026
Playing
जब Rajendra Baniya लाई Surendra Pandey ले “सबै पत्रकार चोर हुन्” भनेर आरोप लगाए भने के हुन्छ?
Mar 19, 2026
Playing
World News: कतार–साउदी–युइएले चुकाउँदैछन् इजरेलको बदमासीको मूल्य || Nepal Times
Mar 19, 2026
Playing
इरानले भेद्यो अमेरिकी सुरक्षा कवच? रूबियोको घरनजिक ड्रोन,व्हाइट हाउसमा हलचल || Nepal Times
Mar 19, 2026
Playing
कांग्रेसको हार कि गगनको ? गगनले राजीनामामा के लेखे ? || Nepal Times
Mar 19, 2026
Playing
‘लियोले सबै शंका समाप्त गर्दिए’ || Nepal Times
Mar 19, 2026
Playing
Top 15 Afternoon News || March-19-2026 || Nepal Times
Mar 19, 2026
Playing
भ्रमण भिसाबाट जोखिमपूर्ण रोजगारी, कम्बोडियाबाट २० नेपालीको उद्धार|| Nepal Times
Mar 19, 2026

कोरोनाविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई विश्व स्वास्थ्य सङ्गठनको अपिल

११ कार्तिक २०७७

११ कार्तिक, एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ।

सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ। तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो।

Advertisement

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए।

को प्रति लक्षित ?
डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ ।

यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू कठिन अवस्थामा रहेको भन्दै चेतावनी दिएको थियो। महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका थिए।

उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित देखिन्छ। यसअघि चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए।

अमेरिकाले महामारी नियन्त्रण गर्ने नभइ खोप बनाउने र चिकित्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्दै पराजित गर्न सकिने उनको विश्वास थियो।

बाइडनको टिप्पणी
राष्ट्रपतीय निर्वाचनका लागि करिब एक सातामात्रै बाँकी रहेको र अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला उनको यस्तो टिप्पणी आएको हो।

निर्वाचनका लागि डेमोक्र्याटतर्फका प्रतिस्पर्धी जो बाइडनले ह्वाइट हाउसले त्यस्तो प्रतिक्रिया जनाएर भाइरसविरुद्धको लडाइँमा हार स्वीकार गरेको बताएका छन्।

चिफ अफ स्टाफ मेडोजको टिप्पणीले ट्रम्प प्रशासनले अमेरिकी जनताको संरक्षण गर्ने मूल कर्तब्यबाट हात उठाएको जनाएको उनको आरोप छ। सीएनएनसँगको अन्तर्वार्तामा मेडोजले कोरोनाभाइरस अन्य फ्लू जस्तै सङ्क्रामक भाइरस भएकोले यसको नियन्त्रण यथार्थपरक उद्देश्य नभएको बताएका छन्।

विश्वव्यापी महामारी सुरु भएयता करिब २,२५,००० अमेरिकीहरूको ज्यान गइसकेको छ। कुनै पनि देशमा कोरोनाभाइरसका कारण मृत्यु हुने यो सबैभन्दा धेरै सङ्ख्या हो।

जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला केही दिनमा दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या ८० हजार नाघेको छ। यसअघि जुलाई १६ मा त्यहाँ एकैदिन सर्वाधिक सङ्ख्या ७७,३६२ थियो।(बीबीसी)

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top