×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

म्याग्दीको मुदी सडक सञ्जालमा जोडियो

१२ कार्तिक २०७७

१२ कात्तिक, म्याग्दी ।

म्याग्दीको धौवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँदेखि दरहुँदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो ।

सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा छोटिएको छ । मुदीका विजय घर्तीमगरले यातायातका साधन चल्न थालेपछि यात्राको अवधि छोटिएको, ढुवानी भाडा घटेको र आवतजावतमा सहज भएको बताए । “मुदीबाट मुना पुग्न अप्ठ्यारो भीर र खोल्साको बाटो डेढ घण्टा पैदल हिँड्नुपथ्र्यो,” उनले भने “गाडी चढेर बीस मिनेटमै पुगिन्छ । बिरामीलाई गाडीबाटै समयमै अस्पताल पु¥याउन सजिलो भएको छ ।”

गत असार महिनामा मार्ग खोलिएको सडकमा खसेको पहिरो पन्छाएपछि यसै महिनादेखि जीप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । यसअघि घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो परेको थियो । मुदी म्याग्दीको जडीबुटीको भण्डार मानिन्छ । कृषकले पालेका खसीबोका बजार पठाउन सजिलो भएको छ ।

वडाध्यक्ष बेगप्रसाद घर्तीले मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोशका करिब एक हजार घरधुरी लाभान्वित भएका बताउनुभयो । विसं २०७३ मा शुरु भएको फलियागाउँदेखि मुदी सम्मको सडकको दुरी करिब ६ किलोमिटर छ । बस चलाउन मिल्ने गरी छ मिटर फराकिलो बनाइएको छ ।

अधिकांश ठाउँमा पहाड फुटाएर सडक निर्माण गर्न रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन जिविसले रु ४२ लाख र राष्ट्रिय योजना आयोगले रु ४० लाख खर्चेर दरसम्म ट्याक खोलेका थिए ।

विसं २०७४ मा गाउँपालिकाले विनियोजन गरेको रु ९० लाखबाट सिमवाङको फाँटसम्म सडक पु¥याइएको थियो । २०७५ मा गाउँपालिकाको रु ६५ लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रु २३ लाख खर्च भएको थियो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले आर्थिक वर्ष २०७६÷७७ मा रु ४५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थापा निर्माण सेवाले एक कलोमिटर ३०० मिटर नयाँ सडक खनेको थियो । बाहै्र महिना यातायात सञ्चालनका लागि दरखोलामा मोटरेबल पुल निर्माण गर्न सङ्घीय सरकारबाट बजेट विनियोजन भएको बताए ।

सात वडा रहेको धौवलागिरिको वडा न ५ मल्कवाङमा पूर्वाधार विकास कार्यालयले यसैवर्ष सडक पु¥याएको छ । वडा न २ मा पर्ने खोरियाको भूगोलमा सडक खनेपनि महतलाको भीरमा ट्याक खन्न बाँकी भएकाले यातायात सञ्चालन हुन सकेको छैन । खोरिया र लमसुङ तथा लुलाङका बासिन्दाबीच कताबाट सडक खन्ने भन्ने विषयमा विवाद हुँदा गत वर्ष रु एक करोड ५० लाखमा ठेक्का लागेको योजनाको काम भएन ।

गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले मराङ, ताकम र मुनामा यसअघि नै सडक पुगेको थियो । वडा नं १ गुर्जामा गत वर्ष रु ४५ लाख विनियोजन गरेर शुरु गरेको आन्तरिक सडक निर्माण योजनालाई यसवर्ष रु २० लाख विनियोजन गरेर निरन्तरता दिएको बताए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top