×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

तराईको सौर्य बिजुली राष्ट्रिय प्रसारण लाइनमा

१३ कार्तिक २०७७

भैरहवा: मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युत्को अधिकांश माग धानेको छ । मुलुकमा विद्युत् उत्पादन सुरु भएको लामो समयपछि तराइबाट उत्पादित बिजुली पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

निजी क्षेत्रबाट सञ्चालित ८।५ मेगावाटको मुलुककै पहिलो ग्रिड कनेक्टेड सोलार पावर आयोजना पूरा भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यो आयोजना निजी क्षेत्रको पहिलो ठूलो आयोजना रहेको बताइएको छ ।

७० करोड रुपियाँको लगानीमा रिडी हाइड्रोपावर कम्पनीले रूपन्देहीमा निर्माण गरेको यो आयोजना भैरहवा नजिकै अमुवा सबस्टेसनमा जोडिएको छ । जलविद्युत्मा लगानी गरेको कम्पनीले पहिलोपटक सौर्य ऊर्जामा लगानी गरेको हो । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा बैङ्क अफ काठमाडौँको अगुवाइमा सिटिजन्स र नेपाल बङ्गलादेश बैङ्कले ४९ करोड लगानी गरेका छन् ।

गत मङ्सिरमा सुरु गरिएको आयोजना वैशााखमा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो तर बन्दाबन्दीका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले पाँच महिना ढिलो गरी सम्पन्न भएको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताउनुभयो ।

आयोजनाअन्तर्गत ३३० वाट क्षमताका ३२ हजार सोलार पाता जडान गरिएका छन् । सोलार पाताबाट उत्पादन हुने डीसी ऊर्जालाई एसीमा कन्भर्ट गर्न ८५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ । इन्भर्टरबाट आएको विद्युत्लाई ८.५ एमबीएको ट्रान्सफर्मरले ३३ केभीमा कन्भर्ट गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रबन्धक यतु रावतले बताउनुभयो ।

अमुवा सबस्टेसनमा लैजानका लागि आयोजानाले आठ किलोमिटर ३३ केभीए प्रसारण लाइन विस्तारको काम गरेको थियो । यो प्लान्टले दैनिक करिब नौ घण्टा विद्युत् उत्पादन गर्नेछ । ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसाका दरले खरिद गर्नेगरी २५ वर्षका लागि खरिद सम्झौता (पीपीए) गरिएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताउनुभयो । वार्षिक एक करोड ४५ लाख युनिट विद्युत् आपूर्तिको ग्यारेन्टीसहित प्राधिकरणसँग सम्झौता गरिएको हो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top