×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

उपत्यकामा संक्रमण कसरी फैलिँदैछ ? सरकार र स्वास्थ्यविद्को कुरा मिलेन

१३ कार्तिक २०७७

१३ कात्तिक, काठमाडौँ ।
दशैंपछि फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारी सँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

दशैं सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ । सार्वजनिक यातायात मार्फत उपत्यका भित्रिनेहरुमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ । यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताए । हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनले बताए । संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कमगर्न सक्दैन । यसैले व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसकेपछाडि कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताए ।

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले भने दशैंमा घरबाट फर्किएर काठमाडौं आउनेहरुबाट संक्रमण फैलने भन्दा उपत्यका भित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए । गाउँ भन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने बताए । काठमाडौंमा संक्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दुरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ । जाडो मौसममा घर भित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घर भित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उनले जोड दिए । आफू बाहेक अरु सबै संक्रमित छन भन्ने सोच बनाई सावधानी अपनाउन डा. दिक्षितको आग्रह छ । यस्तै राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उनले बताए । जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौषमी रुघा खोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाई छ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न माध्यमबाट जनतालाई सचेत गराएपनि जनता स्वयंले यसको कठोर पालना नगर्दा संक्रमणको दर बढीरहेको छ । युरोपिएन मुलुकहरुमा संक्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र जनता दुवैले हेरेर सतर्कता अपानाउनुको विकल्प छैन ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top