×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026

सुरु भयो नियमित खोप

१४ कार्तिक २०७७

लिमी: हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् ।यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र उपस्थिति हुँदा जनशक्ति अभावमा सबै खालका खोप नियमित लगाउन पाएका थिएनन् । सबै प्रकारका खोप लगाउन नपाएका बालबालिकाले चाहिने खोप लगाउन थालेपछि अभिभावक पनि खुसी हुन थालेका छन् । गाउँमा स्थायी रूपमा स्वास्थ्यकर्मी बस्न थालेपछि खोप लगाउने कार्य सम्भव भएको हो ।

एक बालककी आमा छिरिङ छोवो तामाङले आफ्नो छोराले पहिलो पटक गत असारमा खोप लगाउन पाएको बताउनुभयो । खोपसम्बन्धी कुनै जानकारी नपाएकी उहाँले सुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाउन आउँदा दिन मान्नुभएको थिएन । पछि सबै कुरा बुझाएपछि उहाँ आफ्नो छोरालाई खोप लगाउन सहमत हुनुभयो ।

नेपाली राम्रोसँग नबुझ्ने तामाङले खटाएका स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा नबसेकै कारण छोराको खोप छुटेको बताउनुभयो । असारयता खोप लगाउन पाएका बालबालिका लिमीमा पहिलो खोप पाउने बालबालिका हुन् ।

लिमी स्वास्थ्य चौकीमा ११ महिनाकी छोरीलाई लिएर नियमित खोप लगाउन पुग्नुभएकी लिमी हल्जी गाउँकी जाङ्मु तामाङले राज्यबाट निःशुल्क रूपमा आउने सेवासुविधा पहिलो पटक उपभोग गर्न पाएको बताउनुभयो । यसअघि उहाँका तीन छोरा खोप नलगाईकन हुर्के । त्यति बेला उहाँलाई नियमित खोपका बारेमा जानकारी रहेनछ । थाहा भएपछि भने यसलाई नियमित गर्नेतर्फ आपूmहरूको सहयोग रहने उहाँले बताउनुभयो । गाउँका बालबालिकाले खोप लगाउन पाएपछि सिंहदबार गाउँ पुगेको विश्वास हुन थालेको तामाङले बताउनुभयो ।

हल्जी गाउँमा १९ जना बालबालिका खोप लगाउने उमेरका छन् । स्वास्थ्य चौकी इन्चार्ज गोर्ख भण्डारीले आफूले नियुक्ति पाएलगत्तै लिमीका गाउँमा आएर नियमित सेवा प्रवाहमा लागेको बताउनुभयो । लिमीका अन्य दुई गाउँ तिल र जाङमा भने नियमित खोप कार्यक्रमका बेला चार घण्टा पैदल हिँडेर घरघरमा खोप लगाइदिन जाने गरेको उहाँले बताउनुभयो ।

तिलमा खोप लगाउने दुई बालबालिका र जाङ गाउँमा सात जना बालबालिका छन् । गाउँमा बालबालिका जति भए पनि खोप पाउनु बालबालिकाको अधिकार र खोप लगाउनु स्वास्थ्यकर्मीको दायित्व रहेको इन्चार्ज भण्डारीले बताउनुभयो ।

उहाँसहित चार स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गरेर लिमीमै नियमित बस्ने व्यवस्था गरेको छ । यसअघि बालबालिकाको खोपको त के कुरा अन्य सिकिस्त बिरामी हुँदा पनि लामा बसाल्ने, चीनको ताक्लाकोट वा सदरमुकाम सिमकोटबाट परीक्षणबिनै दुखाइका आधारमा औषधि झिकाएर उपचार गर्नु सामान्यजस्तै थियो ।

नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले लिमीमा खोप कार्यक्रम पहिलो पटक नियमित भएको स्वीकार गर्नुभयो । अब यसलाई निरन्तरता दिन स्वास्थ्य शाखाले प्रयत्न गरिरहेको उहाँको भनाइ छ । लिमी बस्ने स्वास्थ्यकर्मीका लागि थप सुविधाको व्यवस्था गरेर बाह्रै महिना लिमी बस्ने व्यवस्था गर्नेतर्फ पहल भइरहेको उहाँले बताउनुभयो ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top