१५ कार्तिक, नवलपरासी ।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका पूर्वी नवलपरासीका दुई जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार मृत्यु भएको हो ।
त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने जनाइएको छ ।
उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको हो ।