×

NEPAL TIMES UPDATES

Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

बालुवाटारमा ओली–दाहाल भनाभन, झन् चिसियो सम्बन्ध

२१ कार्तिक २०७७

काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल कानुनविद्हरूसँग परामर्शमा थिए । दाहालका साथमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू पनि थिए ।

त्यही छलफललाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘पार्टीमा गुटबन्दी चर्किएको छ, विश्वास अविश्वासका कुरा भइरहेका छन्, त्यसको सामना गरिनेछ । कोटेश्वरमा अहिले पनि बैठक बसिरहेको छ, अस्थिरताको प्रयत्न भइरहेको छ । त्यस्तो प्रयत्नलाई चकनाचुर पारिनेछ ।’ ओलीले बुधबार मात्रै पनि आफूलाई राजीनामा मागिएको उल्लेख गर्दै अहिले राजीनामा दिँदा देश बर्बादीतिर जाने बताएका थिए । बालुवाटारमा ओलीले आफूविरुद्ध तानाबाना बुनिरहेको बताइरहँदा कोटेश्वरमा दाहालसहितका नेताहरू ओलीले चाल्न सक्ने संवैधानिक–राजनीतिक कदम र त्यसको सामनाका लागि अपनाउन सकिने उपायबारे नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायीसँग छलफल गरिरहेका थिए ।

‘प्रधानमन्त्रीले यसअघि पनि अध्यादेश ल्याउनुभएकै हो, उहाँले अरू पनि संवैधानिक–राजनीतिक कदम चाल्न सक्नुहुन्छ, त्यसमा हाम्रो तयारी कस्तो बनाउने भनेर परामर्श गरेका हौं,’ छलफलमा सहभागी एक नेताले भने । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कोरोनाले न्यायक्षेत्रमा पनि असर पारिरहेकाले त्यसमा के भूमिका खेल्न सकिन्छ भन्नेबारेमा परामर्श भएको बताए ।

कोटेश्वरको छलफललगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । उनीहरूबीच करिब एक घण्टा भएको छलफल भनाभनमै सकिएको अध्यक्षद्वय निकटस्थहरूको भनाइ छ । ‘उहाँ (दाहाल) आज दुइटा विषय बोकेर आउनुभएको थियो । पहिलो, जनताको बहुदलीय जनवादको छलफल किन चलाउनुभयो भनेर सोध्नुभयो । दोस्रो, पार्टीको बैठक बोलाइहालौं भन्नुभयो,’ ओलीनिकट एक नेताले कान्तिपुरलाई भने ।

ती नेताका अनुसार अध्यक्षद्वयबीच सहमति नबनी पार्टीको बैठक बोलाउन खोजेर दाहालले फेरि भाँडभैलो गर्न खोजेको ओलीको भनाइ थियो । ‘पहिले तपाईं र म छलफल गरौं, मिल्ने कुरा केके हुन्, नमिल्ने कुरा केके हुन हेरौं, अनि बल्ल बैठक बोलाउँला,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नत्र हूलहुज्जत गर्न बैठक बोलाएर केही काम छैन ।’

दाहालले भने दुई अध्यक्षबीच मात्रै छलफल गरेर कुनै निचोड नआउने भन्दै बैठक नै बोलाउन जोड दिएका थिए । ‘तपाईंले अर्को पार्टीको अभ्यास सुरु गरिसक्नुभएको छ, हिजो प्रदेश १ को भेला गरेर जबज पक्षधर एक हुनुपर्छ भन्नुभयो । तपाईंको राजीनामा कतैबाट मागिएको छैन, मागे भनेर हल्ला गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीमा गम्भीर छलफल गर्नैपर्छ, बैठक बोलाऔं ।’

जवाफमा ओलीले आफूलाई ठीक लागेकै कुरा गरेकाले अहिले बैठक बाहेकका विषयमा कुरा गर्न भनेका थिए । ‘मैले जे जे काम गर्नुपर्ने हो त्यही गरेको छु, हामीबीचमा मात्रै छलफल र सहमति हुन्छ भने हुन्छ नत्र जसले जे सक्छ त्यही गरे भइहाल्यो,’ ओलीले दाहालसँग भनेका थिए, ‘मेराविरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन कानुनविद्सँग छलफल गर्नुभएकै छ, हस्ताक्षर चलाउनुभएकै छ ।’

दाहालले पनि ओलीलाई छुट्टाछुट्टै भेला आयोजना गरेर फरक पार्टीको अभ्यास थालेको बताएका थिए । त्यसपछि ओलीले आफूहरूबीच पार्टी एकताको सम्बन्ध भएकाले गुटका भेला रोक्न दाहाललाई भनेका थिए । ‘तपाईंले जथाभावी नगर्नुस्, पहिले गुटका भेलाहरू रोक्नुस् अनि पार्टी एकताको काममा लाग्नुस्,’ ओलीले दाहाललाई जवाफ दिएका थिए, ‘तपाईंले ध्यान नदिँदा पार्टी एकताको काम लथालिंग भएको छ ।’ त्यसपछि दाहाल बालुवाटारबाट निस्किएका थिए । ओलीसँग भेटेर फर्किएपछि अध्यक्ष दाहालले आफूनिकट नेताहरूलाई भेटबारे ब्रिफिङ गरेका थिए । ओलीसँग एक्लाएक्लै छलफल गर्दा कुरै नमिल्ने र दिमागमात्रै खराब हुने उनको प्रतिक्रिया थियो । कत्ति पनि सहमति नभएको उल्लेख गर्दै उनले अब झन् संकट निम्तिन सक्ने बताएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुरु भएको अध्यक्षद्वयको किचलो पछिल्लो समय जनताको बहुदलीय जनवादलाई पार्टी कार्यक्रम बनाउनुपर्ने भन्दै ओलीले दिएको अभिव्यक्तिसम्म पुगेको छ । सुरुमा कुन मन्त्री राख्ने र कसलाई हटाउने भन्नेमा दुई अध्यक्षबीच कुरा मिलेन, त्यसपछि कर्णाली प्रदेशको विवाद र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयललाई प्रधानमन्त्रीले भेटेको विषयमा उनीहरूबीच मतभेद भयो । पछिल्लो समय ओलीको राजीनामा, पार्टी विभाजन र जनताको बहुदलीय जनवादको विषय नयाँ विवादका रूपमा थपिएका छन् ।

गएको असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत लागिपरेको र त्यसमा पार्टीभित्रकै नेताहरूले साथ दिइरहेको बताएपछि पार्टीमा एकाएक उनको राजीनामा मागिएको थियो । गत भदौ २६ गते प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व ओलीले नै गर्ने निर्णय नेकपाले गरेको थियो । तर डेढ महिना नपुग्दै ओलीले फेरि आफ्नो राजीनामा मागिएको र अहिले राजीनामा दिए देश बर्बादीतिर जाने बताएपछि दाहालले त्यो विषयमा पनि बिहीबारको भेटमा सोधेका थिए ।

तर ओलीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार दाहालले गत १५ गतेको भेटमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन र आफूलाई एकल अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । ओली पक्षधर नेताहरूले दाहाल र नेपालले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको बताएका छन् । ‘उहाँहरू आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिने पक्षमा हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियान नै चलाउनुभएको छ, अनि हामी चुप लागेर बस्ने ?’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top