वीरगन्जबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

२४ कात्तिक ७७, सोमबार

२४  कात्तिक, वीरगञ्ज ।

Advertisement

वीरगञ्जबाट  स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका- ८, माईस्थान चोकबाट १६ लाख रकमसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन् ।

Advertisement

आज बिहान रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना.६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले माईस्थान चोकमा चेकजाँच गर्दा जैनलाई १६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको पन्तले बताइन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top