परिणाम देखिने गरी काम गर्न जिल्ला अस्पतालहरुलाई मन्त्री घिमिरेको निर्देशन

२४ कात्तिक ७७, मंगलबार

२४ कात्तिक, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभुति गर्नुपर्ने बताए ।

Advertisement

चालु आर्थिक बर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको उनले बताए । पछिल्लो अढाई बर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवस्यक रहेकोमा उनले जोड दिए । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिउका छन । स्वास्थ्यकर्मीलाई घर घरमा गएर वीमा गर्न सुझाव दिएका छन ।उनले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियू सहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको समेत बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौति नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरिन्। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि चाम्लिङ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता लगायतले बोलेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top