×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

पुसभित्रै सबै परीक्षा सक्ने तयारीमा त्रिवि

२७ कार्तिक २०७७

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ ।

त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएससी, बीबीएस, र बीएडतर्फका नियमित र आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेसँगै सबै तहको परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

‘विश्वविद्यालयले अन्तिम तहको कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्यसपछि पुसभित्रमा सकिने गरी अन्य तहको परीक्षा सञ्चालन गर्छौं।’ –रजिस्ट्रार प्राडा दाहालले भन्नुभयो । जाडो याममा परीक्षा गर्न असम्भव भएपछि त्रिविले पुसमा सकिने गरी कार्यतालिका तयार गरेको हो । अधिकांश क्याम्पसमा पुस १५ गतेदेखि जाडो बिदा हुने गरेको छ ।

यो वर्ष पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तयारी भइरहेको रजिस्ट्रार प्राडा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर र पुस महिनाभरि परीक्षा सञ्चालन गर्नेछौं ।

त्रिविले कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न सकेको छैन । रजिस्ट्रार प्राडा दाहालका अनुसार सकभर भौतिकरुपमै उपस्थित भएर परीक्षा दिने व्यवस्था गरिएको छ । ‘कोभिड–१९ संक्रमण बढ्दै गए वैकल्पिक विधि पनि अपनाउन सकिन्छ, अहिले नै यो विषयमा छलफल गरिसकेका छैनाैँ।’ –उहाँले भन्नुभयो ।

त्रिविले पायक पर्ने स्थानीय निकायको केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । त्रिविले कोभिड–१९ को कारण सबै विद्यार्थी उपत्यका, सदरमुकाम, शहरमा आउन नसक्ने भएपछि घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी अनलाइन फारम भरिसकेको छ ।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मानविकी, व्यवस्थापन, कानुन, शिक्षा र विज्ञान–प्रविधि संकायअन्तर्गत ४ लाख १५ हजार ४ सय ८२ जना विद्यार्थीको परीक्षा स्थगित भएको छ ।

सबै विद्यार्थीको परीक्षा सकिएपछि थप योजनाअनुसार पढाइ सञ्चालन गर्ने रजिस्ट्रार प्राडा दाहालले जानकारी दिनुभयो । विद्यार्थीलाई परीक्षामा सजिलै सहभागिता जनाउन पायक पर्ने केन्द्रबाट परीक्षा दिन सक्ने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

कोभिड–१९ का कारण चैतदेखि स्थगित परीक्षा सञ्चालन गर्न पटकपटक प्रयास गर्दा पनि सम्भव नभएपछि विद्यार्थी संगठनले दबाब दिएको थियो । विद्यार्थीहरुको दबाबका कारण र अन्य विश्वविद्यालयले समेत अनलाइन माध्यमबाट परीक्षा सम्पन्न गरेपछि त्रिविले बाध्य भएर परीक्षा गर्न लागेको हो ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top