३० कार्तिक, विराटनगर ।
पछिल्लो २४ घण्टामा देशभर थप १४ सय ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
योसँगै निको हुनेको १ लाख ७३ हजार ४३० संख्या पुगेको छ । यस्तै हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १२२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् ।