आजका प्रमुख खबरहरुः
१.(भाग्ने होइन लड्ने)
सत्तारुढ नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएपछि सचिवालय बैठक १० दिनका लागि स्थगित /१३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुने ।
२.(विष्णु उवाच)
सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन नेकपाको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको प्रस्ताव /नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने तर्क ।
३.(प्रतिपक्षीलाई मसला)
सरकारको असफलता र भ्रष्टाचारबारे सत्तारुढ नेकपाभित्रै लिखित आरोप लागेकाले प्रधानमन्त्री ओलीलाई हटाउनैपर्ने पूर्व प्रधानमन्त्री वावुराम भट्टराईको सुझाव /प्रचण्डले प्रधानमन्त्रीमाथि उठाएका एक एक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट माग्ने गगन थापाको चेतावनी ।
४.(विपक्षी नजर)
सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको ठहर/सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको आरोप ।
५.(खोपको बाटो खोलियो)
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी /कोरोना विरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयात गर्नका लागि कानुनी व्यवस्था लागू ।
६.(कम छैनन् विजेताहरु )
नेपालमा आज एकैदिन ३ हजार ५ सय ३८ संक्रमित डिस्चार्ज/ हालसम्म संक्रमणबाट १ हजार २ सय ५९ जनाको मृत्यु/ १ हजार ४ सय ४२ संक्रमित थपिदा सक्रिय संक्रमित २८ हजार ८ सय ७८ पुगे ।
७.(सुरु भयो छठ)
आस्था र विश्वासको छठ पर्व आज बुधबारबाट सुरु /कोरोना संक्रमण जोखिमका कारण अधिकांश आफ्नै घरमा पर्व मनाउने तयारीमा /पहिलो दिन विधिवत स्नान गरी अरुवा अरुवाइन खाने प्रचलन ।
८.(निःशुल्क खाने ठाँउ)
काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हँुदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथली स्थित प्रसूति गृह पछाडि सारियो /नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार महानगरले बनाइदिने ।
९.(सरकारको खोजी)
भत्ता दिन तथा तलव कटौती रोक्न माग गर्दे ३१ दिन देखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको माग सरकारले सुनेन /सरकारले नै अहोरात्र खटिएका चिकित्सकहरुको मनोबल गिराउने काम गरेको स्वास्थ्यकर्मीहरुको आरोप ।
१०.(नाकाको पीडा)
सर्लाहीको मलङ्गवामा गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै स्थानीयको धर्ना /नाका बन्द हुदा दुवै देशका बासिन्दा समस्यामा परेको भन्दै नखोलिए थप आन्दोलन गर्ने चेतावनी ।
११.(सहयोग सदुपयोग होस्)
नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकसँग ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर /करिब १८ अर्ब रुपैयाँ बराबरको रकम विभिन्न ३३ नगरपालिकाहरुको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुने ।
१२.(कहाँ अड्कियो निर्णय ?)
बंगलादेशबाट मल खरिद गर्ने निर्णय लिएको आठ दिन बितिसक्दा समेत मन्त्रिपरिषदको निर्णय कृषि मन्त्रालय पुगेन /निर्णय आइपछि मल नेपाल आइपुग्न एक महिना लाग्ने ।
१३.(खोपको मिति)
नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भनाई /अमेरिकाकी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि खोपको आशा बढ्दै ।
१४.(फाइदामा नेपाल)
आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको एकदिवसीय मान्यता पनि एक वर्ष लम्बियो/ अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहने ।
र,
१५.( विश्वमा हेर्दा)
कोरोना महामारीबाट हालसम्म विश्वमा १३ लाख ४५ हजार बढी संक्रमितको मृत्यु /५करोड ६० लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ९० लाख बढी उपचार पनि निको भए ।