३ मंसीर, झापा। झापाको बिर्तामोड -६ गिरी मन्दिर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कडेल रहेका छन् ।
आज विहान साढे ११ बजे मे २ प ४८४७ नम्बरको मोटरसाईकल र अर्को अन टेस्ट मोटरसाईकल एक आपसमा ठक्कर खाई अनियन्त्रित हुँदा दुबै मोटरसाईकललाई ना ६ ख ३३५० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट दुर्घटनामा परेको मे २ प ४८४७ नम्बरको मोटरसाईकल चालक कुशल लिम्बु र पछाडी सवार दिप्सन कडेलको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै गरी अन टेस्ट मोटरसाईकलका चालक गगन तामाङ र पछाडी सवार रहेकी साबित्रा कडेल घाईते भएकोमा उनिहरुको बीएनसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको साथै ठक्कर दिने ट्रक र चालक राजु श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेका उक्त कार्यालयले जनाएको छ ।