नेपाल–चीन कुटनीतिक सम्बन्धको ६५ वर्षः काठमाडौँमा फोटो प्रदर्शनी

नेपाल–चीन कुटनीतिक सम्बन्धको ६५ वर्षः काठमाडौँमा फोटो प्रदर्शनी

५ मंसिर, काठमाडाैँ ।
नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा काठमाडौंमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी आयोजना भएको छ । नेपाल चाइना मिडिया फोरमको आयोजनामा नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा शुक्रबार देखि फोटो प्रदर्शनी सुरु भएको हो ।

फोटो प्रदर्शनीको अवलोकन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरे । फोटो प्रदर्शनीको अवलोकन गरेपश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले यस्तो कार्यक्रमले दुई देशबीचका जानतालाई अझ नजिक ल्याउन मद्दत पु¥याउने बताए ।

 

फोटो प्रदर्शनीले नेपाल र चीनका प्राकृतिक वैभवहरुलाई चिन्ने र बुझ्ने अवसर प्रदान गर्ने समेत अध्यक्ष तिमिल्सिनाले बताए । यस्तै प्रदर्शनीमार्फत नेपालको प्राकृतिक सुन्दरताहरुलाई प्रवद्र्धन गरी पर्यटनको विकास र विस्तार हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले यस्तो कार्यक्रमले दुई देशबीचको पर्यटनको प्रवद्र्धनमा सहजता पुग्ने बताए यस्तै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पक्षबाट उल्लेख्य सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठको अवसरमा दुवै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिड संक्रमणको जोखिमका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताए। सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल र चीनको सम्बन्ध झल्काउने तस्विरहरु राखिएका छन् । फोटो प्रदर्शनी मंसिर ११ गते सम्म सञ्चालन हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.