विराटनगर,जेठ ६ – भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।
पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका छन् । सन्दीपले सुर्य कुमार यादवको विकेट लिन सफल भए । उनले आफ्ना अघिल्लो दुई खेलमा पनि १-१ विकेट लिन सफल भएका थिए ।
पहिलो दुई बलमा छक्का र चौका खाए पनि सन्दीप चौथो बलमा भने सुर्यकुमारलाई उनले क्याच-आउट पार्न सफल भए । पहिलो ओभरमा उनले १३ रन खर्चे ।
अन्तिम ४ मा पुग्न आज मुम्बईलाई जित्नै पर्ने मुम्बइले १ सय ७५ रनको लक्ष्य पछ्याई रहेको छ ।