मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा हाेटल सञ्चालक पक्राउ

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा हाेटल सञ्चालक पक्राउ

१३ मंसिर, कास्की ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-९ जाल्पारोडमा खाजा घर संचालन गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ३४ वर्षीय केशव भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले खाजा घरमा राम्रो काममा लगाइदिन्छु भनि प्रलोभनमा पारी महिलालाई शुरूमा राम्रै बोली व्यवहार गर्नुका साथै खाजा बितरणको काममा लगाएकोमा पछि खाजा घरमा आउने व्यक्तिहरूसँग पैसा लिई डर धाकधम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने तथा अन्यत्र होटलहरूमा समेत जबरजस्ती पठाई यौन शोषण गराएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भुजेल उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.