१५ मंसिर, काठमाडौँ ।
नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ सय नाघेकाे छ । पछिल्लो २४ घन्टामा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै जम्मा मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आज थप एक हजार चार सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ ।
त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज एक हजार नौ सय ३१ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख १४ हजार पाँच सय २१ जना रहेको मन्त्रालयले जनाएको छ ।