१५ मंसिर, जनकपुरधाम ।
खास गरेर मैथिली तथा भोजपुरी भाषि समुदायमा अतिलोकप्रीय रहेको समाचकेवा पर्वको आज विसर्जन गरिदैछ ।
कार्तिक शुक्लपक्ष पञ्चमी तिथिवाट शुरु भएर पूर्णिमा तिथिसम्म चल्ने समाचकेवाका अन्तिम दिन आज सामा तथा चकेवालाई दाजू भाईले विषेश आशनमा बसेर तीघ्रामा राखेर फुटाल्ने गरेका छन् । दीदि बहिनीले दाजू भाईलाई च्युरा, गुण खानका लागि दिने गरेका छन् ।
दाजू भाईको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित मनाईने समाचकेवाका कारणले प्रत्येक साझ मिथिलाञ्चलका गाउँहरु संगितमय बन्ने गरेका थिए । समूहमा दीदि बहिनीहरु भेला भएर सार्वजनिक चौक तथा स्थलमा समाचकेवाको गित गाउने गरेकाले गाउँहरु संगितमय बन्ने गरेका थिए ।
समा तथा चकेवा मुख्यपत्रको रुपमा रहन्छ भने यसमा खल पात्रको रुपमा चुक्ला, चुग्ली रहन्छ । अन्य चरा चुरुङ्गीको स्वरुपहरु निर्माण गरेर पञ्चमी देखि पूर्णिमासम्म डालामा सजाएर आफ्नो दाजू भाईको वीरताको बखान गीत मार्फत गर्ने चलन रहेको छ ।
समाचकेवालाई नदि, सरोवार, तलाउमा विसर्जन गरिन्छ भन्ने खल पात्रको रुपमा रहेको चुग्ला, चुग्ली सहितको पात्रलाई गाउँको छेउँमा रहेको फोहर खेलमा लगेर विर्षजन गर्ने चलन रहेको छ । जनकपुरधामको गंगासार पोखरीमा हजारौ दिदी बहिनीहरु आज साझ विसर्जनका लागि आउने गरेका छन् ।