×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

बर्डफ्लूले सत्तरी लाखको क्षति, जिल्लामा उच्च सतर्कता 

८ जेष्ठ २०७५

चितवन, ८ जेठ  ः बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । 

पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो ।

Advertisement

जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा स्थानीय कुखुरा, १४४ वटा हाँस, चारवटा बोइलर कुखुरा, ६०७ किलो दाना तथा १२ हजार ७२६ वटा अण्डा नष्ट गरिएको छ ।

नष्ट गरिएकामध्ये भर्खर अण्डा दिन लागेका कुखुरालाई प्रति कुखुरा रु पाँच सय र अण्डा दिएर सक्ने बेला भएकालाई प्रति कुखुरा रु तीन सय लागत मूल्य सिफारिस गरिएको छ । बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ ले अधिकतम ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अण्डा दिन शुरु गरेका लेयर्स कुखुराको लागत मूल्य रु ६०० पर्छ भने अण्डा दिएर सकिन लागेका कुखुराको लागत मूल्य रु ३५० पर्छ । दुवैखाले कुखुरा मारिएकाले सरदर रु ४७५ प्रतिलागत मूल्य पर्न जाने उहाँले बताउनुभयो । रु छपन्न लाख ७६ हजार मूल्यको एघार हजार ९५० लेयर्स कुखुरा नष्ट गरिएको छ ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख खरेलका अनुसार संक्रमित क्षेत्रका पक्षीजन्य वस्तु नष्ट गरिसकेकाले अब जिल्ला बर्डफ्लूमूक्त भएको छ । ती क्षेत्रमा ४२ दिनसम्म पक्षी पाल्न रोक लगाइएको छ ।

जिल्लामा उत्पादन भएका पक्षीजन्य उत्पादन अन्य जिल्लामा पठाउन रोक लगाइएको छैन । खरेलले भन्नुभयो, “जिल्लामा देखिएको बर्डफ्लू अहिले नियन्त्रणमा छ । नियमित चेकजाँच र परीक्षण भइरहेको छ । किसानलाई जैविक सुरक्षाका लागि आह्वान गरिएको छ ।” प्राविधिक टोलीले नियमित निगरानी गरिरहेको र खोजी गरिरहेको उनले बताए।

रोग नभएकाले पक्षीजन्य पदार्थ राम्रोगरी पकाएर खाँदा मानव स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले ढुक्कसँग खान सकिने खरेलले बताए । किसानलाई माक्स लगाएर सुरक्षित ढंगले फर्ममा काम गर्न आग्रह गरिएको छ । संकटग्रस्त क्षेत्रमा पक्षीजन्य पदार्थ नष्ट गर्न आउनु भएका गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयका प्रमुख डा डिल्लीराम सेढार्इंले जाडो महिनामा देखिने ‘एचफाईव एन वान’ भाइरसले रुप परिवर्तन गरी गर्मी महिनामा पनि देखिएकाले खतरा बढेको भन्दै जैविक सुरक्षामा ध्यान दिन किसानलाई आग्रह गरिएको बताए ।

नेपालमा सन् २००९ मा झापामा पहिलो पटक बर्डफ्लू देखिएको थियो । सन् २०१० मा पहिलो पटक चितवनमा बर्डफ्लू देखापरेको हो । चारवर्ष अघि जिल्लामा बर्डफ्लूका कारण पोल्ट्री क्षेत्रमा ठूलो नोक्सानी भएको थियो । नेपालमा पालिने कुखुरामध्ये झण्डै आधा चितवनमा पाल्ने गरिन्छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top