×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

२२ चैत्र २०८२

२२ चैत , काठमाण्डौ ।

बालेन्द्र शाह बालेन नेतृत्वमा नयाँ सरकार गठनसँगै देशभरका बिचौलियासहित गुण्डागर्दी गर्नेहरुको भागाभाग भएको छ । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले देशभर नै परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन् भने यो अप्रेसनअन्तर्गत पछिल्लो एक सातामा १८९ जना पक्राउ परेका छन् ।

Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको हो। भट्टराईका अनुशार मुख्यगरी सार्वजनिक सेवा प्रवाहका नाममा दुःख, हैरानी दिने, सार्वजनिक स्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाइएको छ ।

काठमाडौँका रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा नितान्त गुण्डागर्दीमा संलग्न डेढ दर्जन ब्यक्तिहरुलाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने अघि बढाइने उनको भनाइ छ। यरी देशभर यो अभियान चलाउन परिपत्र गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले बताए।

बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुव्र्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिएको डीआईजी काफ्लेको भनाइ छ। सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उनले बताए।

प्रहरीले चलाएको अप्रेशनका क्रममा राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरले १८ जना गुण्डागर्दीमा संलग्नलाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका १३ जनामा सजिंव लामा, काभ्रे नमोबुद्ध–१, अशोक गिरी, सिन्धुपाल्चोक मेलम्ची–७, वकिल वम, कालिकोट, पलाता, सुरेश गुरुङ भन्ने किमजोङ, खोटाङ, एंसेलुखर्क–१, संजिव राई, खोटाङ, एंसेलुखर्क–२, राज कमुमार तामाङ, काभ्रे, पाँचखाल–४ ,बिनोद ठकुरी, काभ्रे, मण्डनदेउपुर–१०, शेर्पा लामा, काभ्रे, चुरिदेउराजी–७, राहुल राई, खोटाङ, कपिलासगढी, समेश तामाङ, नुवाकोट, दुप्चेश्वर–४, सुन बहादुर तामाङ, नुवाकोट, शिवपुरी–५,वीर बहादुर लामा, काभ्रे, मण्डनदेउपुर–१० ,महेश महत, ललितपुर, महाङ्काल रहेका छन् ।

यस्तै काठमाडौं प्रहरी परिसरले पक्राउ गरेका ५ जनामा प्रविण तामाङ (डिम्पल) (श्याम लामा समूहमा सक्रिय रही बौद्द एरियामा गुण्डागर्दी गर्दै आइरहेको), बिर्जु महर्जन (कलंकी– बाफल एरियामा गुण्डागर्दीमा संलग्न), सुजन कार्की (कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दिमा सक्रिय), सरु हुमागाईं (स्यूचाटार एरियामा गुण्डागर्दिमा सक्रिय, पछिल्लो समय ग्याङ निर्माणमा लागेको) तथा विकि लामा (बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दिमा संलग्न) रहेको प्रहरीको दाबी छ ।

यस्तै प्रहरीले देशका विभिन्न जिल्लाका यातायात, मालपोत कार्यालय बसपार्क र विमानस्थलबाट दजर्नाै बिचौलिया तथा यात्रुहरुलाई दुःख दिने ब्यक्तिहरुलाई पक्राउ गरिसकेको छ। सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बालेन सरकारले प्रमुख प्रशासकीय रिक्त रहेका ६३ पालिकामा यसअघि नै कर्मचारी पठाइसकेको छ भने दरबन्दीमा नगई शक्ति केन्द्रको आडमा सुगम स्थानमा रहेका विशेषज्ञ चिकित्सकहरुलाई समेत दरबन्दी कायम रहेको जिल्लामा पठाउदै तोकिएको स्थानमा नजाने कर्मचारीहरुलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ ।

सरकार गठनको एक साता भित्रै विभिन्न अभियोगमा जोडिएका झन्डै एक दर्जन भीआईपीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जनताले ठूलो आशा, विश्वास र परिवर्तनको आकांक्षा बोकेर दिएको जनादेशलाई मूर्तरूप दिन सरकारले पहिलो दिनकै बैठकबाट शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची पारित गरेको छ।

एक सय कार्ययोजना केवल नीति दस्तावेज मात्र नभइ प्रणालीमै रूपान्तरण ल्याउने प्रतिबद्धताको स्पष्ट घोषणापत्रका रूपमा देखिएको छ । प्रशासनिक पुनर्संरचना, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, छिटो सेवा प्रवाह र जनउत्तरदायित्व जस्ता आधारभूत सुधारलाई केन्द्रमा राख्दै सरकारले राज्य संयन्त्रलाई परिणाममुखी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ।

लामो समयदेखि जकडिएको ढिलासुस्ती, अनियमितता र राजनीतिक हस्तक्षेप अन्त्य गर्दै काम गर्ने सरकार को पहिचान स्थापित गर्ने यो प्रयासलाई आम नागरिकले चासोपूर्वक हेरिरहेका छन्। देशमा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको नयाँ आधार तयार गर्ने लक्ष्यसहित मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वीकृत उक्त कार्ययोजनामा प्रशासनिक पुनर्संरचना, डिजिटल शासनको विस्तार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सरलीकरण तथा नागरिकमैत्री प्रणालीको विकासलाई प्राथमिकता राखिएको छ ।

विद्यार्थी संगठन र कर्मचारीका दलीय ट्रेडयुनियन खारेज गर्ने , मन्त्रालयको सङ्ख्या घटाउनेदेखि नागरिक सेवा केन्द्र स्थापना, डिजिटल एकीकृत प्लेटफर्म सञ्चालन, ४८ साल यताका नेताको सम्पत्ति छानविन समिति गठन गर्ने जनअपेक्षित कार्ययोजना समेत एकसय कार्यसूचीमा समेटिएको छ ।

यस्तै सार्वजनिक खरिद प्रणाली सुधार र लगानीमैत्री वातावरण निर्माणसम्मका महत्वाकांक्षी योजनासहित स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार विकास र सामाजिक सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू पनि अघि सारिएका छन् । सेवा प्रवाहलाई छिटो, पारदर्शी र परिणाममुखी बनाउँदै जनविश्वास पुनःस्थापना गर्ने सरकारले लक्ष्य राखेको छ ।

Advertisement

सय कार्यसूचीमा अहिलेसम्म २ निर्णय कार्यान्वयन भइसकेको , ४ कार्यान्वयनको चरणमा रहेको र ९४ कार्यसूची पूरा नभएको सरकारले जनाएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top