×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ता

१७ मंसिर २०७७

१७ मंसिर, काठमाडौं ।
वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ ।

महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गरे ।

विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम हुन नसके पनि वाग्मती सफाइ अभियानलाई निरन्तरता दिँदै समूह नेता बनाई परिचालन गर्ने गरी त्यसको समन्वयका लागि काठमाडौँ महानगरपालिकाले समेत नेतृत्व लिनुपर्ने उनले बताए ।

कार्यक्रममा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले वाग्मतीमा हालसम्मको प्रगति, विद्यमान चुनौतीको अवस्थालगायतका विषयमा प्रस्तुतीकरण गरे । प्याकुरेलले सरोकार भएका निकायका बीच समन्वयात्मक ढङ्गबाट अगाडि बढ्ने बताए।

समितिका कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले वाग्मती शुद्धीकरणमा सबैको सहयोगको आशा राख्दै हालका समस्या समाधान गर्न लागिएको जानकारी दिए ।

अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्ने, वाग्मतीको ढल व्यवस्थापन चोभारसम्म पुर्याउने र मुआब्जा दिने कुरामा आफू कटिबद्ध भएर लाग्ने भन्दै उनले त्यसमा सबैको साथ र सहयोगको आवश्यकता हुनुपर्ने बताए ।

सरसफाइको सबै जिम्मा समितिले लिन तयार रहेको तथा कमीकमजोरी र सुझावलाई स्वीकार्दै त्यसको समाधानको बाटोतिर अघि बढ्ने अध्यक्ष तिमल्सेनाको भनाइ थियो ।

बैठकमा वग्मती सफाइ महाअभियानमा शुरुदेखि लागिरहनुभएका अभियानकर्मी, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाग्मती सुन्दरता सरोकार मञ्च, तिलगङ्गा महिला समूह, रुद्रमती सफाइ अभियान, विष्णुमती सफाइ अभियान, आलोकनगर सफाइ अभियान, चक्रपथ सफाइ, बल्खुखोला सफाइ अभियान, मनोहरा सफाइ, गोदावरी सफाइ अभियानका अभियानकर्मीले विचार, समस्या एवं वाग्मती नदी र अन्य सहायक नदीको संरक्षण एवं सुधारका सम्बन्धमा सुझाव दिए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले आगामी पुस २५ गते शनिबार ४००औं हप्ता पूरा गर्दैछ । वाग्मती नदी सरसफाइको प्रेरणाले सफाइ अभियान देशका १०६ भन्दा बढी ठाउँमा एकै समयमा सञ्चालन भइरहेको छ ।(रासस)

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top