बिराटनगर,जेठ ८ ः साढे ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याकाण्डमा मुछिएका २८ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
मोरङ जिल्ला अदालतमा भएको एक महिना लामो बहसपछि अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उक्त फैसला सुनाउँदै पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनीसहित प्रहरी, सर्वसाधरण र व्यापारीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
त्यसैगरी प्रहरी हवलादर विष्णुबहादुर खड्कालाई अदालतले १५ हजार धरौटी लिएर तारिखमा रिहा गरेको छ । अर्का अभियुक्त अम्बहादुर थापालाई भने साधरण तारेखमा रिहा गरिएको छ ।
प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेतीलाई भने आजै अदालतमा पेश गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइएको छ ।